आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी २७ जिल्ला जहाँ पाँच सयभन्दा बढी कोरोना संक्रमित छन्

यी २७ जिल्ला जहाँ पाँच सयभन्दा बढी कोरोना संक्रमित छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा १०, गण्डकीमा चार, लुम्बिनीमा पाँच, कर्णालीमा एक र सुदूरपश्चिममा दुई छन्। 
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमितको संख्या पाँच सय भन्दा बढी रहेका जिल्ला २७ वटा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा १०, गण्डकीमा चार, लुम्बिनीमा पाँच, कर्णालीमा एक र सुदूरपश्चिममा दुई छन्। 

प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषा र पर्सामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै  बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै यो संख्या ८ हजार ९७५ जना पुगेको हो।

मन्त्रालयका अनुसार गण्डकीका कास्की, गोरखा, नवलपरासी पूर्व, बागलुङ, लुम्बिनीका बाँके, दाङ, पाल्पा, रुपन्देही र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका कैलाली र बैतडीमा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै २७ जिल्लामा दुई सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै यो संख्या ८ हजार ९७५ जना पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । यस्तै पछिल्लो २४ जनामा ४९१४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। निको भएको दर ९१.९ प्रतिशत हो। 

सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेकोमा ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै संक्रमित ७३४ जनाको आईसीयूमा र २२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 26, 2021| 11:44 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।