आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले ओलीको कार्यकर्ता भएर काम गर्नुभयो : देउवा

राष्ट्रपतिले ओलीको कार्यकर्ता भएर काम गर्नुभयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाएका छन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाएका छन्।

विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले दुई दिनअघि बहुमत पुग्दैन भनेर आफैले स्वीकार गरेका ओलीलाई भोलिपल्ट प्रधानमन्त्री नियुक्त कसरी गरियो? भन्ने प्रश्न गरे।

‘दुई दिनअघि बहुमत छैन भन्ने फेरि बहुमत छ भनेर दाबी गर्ने हामी त बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका हौं।’, देउवाले भने ‘उहाँले राष्ट्रपतिभन्दा पनि ओलीको कार्यकर्ता भएर काम गर्नुभयो। सबैभन्दा दुखःद् कुरा नै यही छ।’

उनले ओलीले गर्नै नहुने काम गरेको र त्यो काममा राष्ट्रपतिले साथ दिएको बताए। देउवाले आफूहरु १४९ हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न गएको स्मरण गर्दै संसदीय व्यवस्थामा आफूलाई कति अधिकार छ भन्ने राष्ट्रपतिले विर्सिएर राति २ बजे संसद भंग गरिदिएको बताए।

‘संसदको कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त हुने र एक महिनाभित्रमा विश्वासको मत लिने प्रष्ट लेखेकै छ।’ देउवाले भने, ‘संविधानको अन्तिम व्याख्याकार अदालत नै भएकाले हामी अदालत गएका हौं।’

उनले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत रहेको भन्दै अदालतप्रति विश्वास रहेको सुनाए।
साथै देउवाले विभिन्न प्रतिनिधिसभा विघटनदेखि विभिन्न संवैधानिक अंगमा भएका नियुक्तिप्रति आपत्ति प्रकट गरे। उनले आफूलाई ओलीसित मिलेको भनिएकोमा दुःख व्यक्त गरे।
देउवाले ओली मनपरी हिसाबले अधिनायकवादी सोचबाट अघि बढेको पनि बताए।

प्रकाशित: Jun 26, 2021| 11:25 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।