आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीमा सत्ता, शक्ति र पैसाको मात लागेको नेता नेपालको टिप्पणी

ओलीमा सत्ता, शक्ति र पैसाको मात लागेको नेता नेपालको टिप्पणी

नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको बताएका छन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको बताएका छन्। विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरिरहेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘नेकपा एमालेभित्रको विद्रोहीका रुपमा राख्ने हो भने हामी पनि दल नै हौं’, उनले भने, ‘यो केपी ओलीसँगको व्यक्तिगत लडाइँ होइन ओली प्रवृत्तिसँगको लडाइँ हो। सत्ता, शक्ति र पैसा तीन चीजको मात भनेको बढो खतरनाक हुन्छ। ओली जीमा पनि सत्ता, शक्ति र पैसाको मात लागेको छ।’ 

तानाशाहहरु प्रजातान्त्रिक प्रक्रियाबाट पनि जन्मिने गरेको भन्दै उनले केपी ओलीको रुपमा नयाँ तानाशाहको चरित्र पाइएको बताए। उनले बालुवा पेलेर तेल निस्कन्छ कि भनेर केही साथीहरु लागेको भन्दै आफूलाई भने ओली सुध्रिएलान् भन्ने आशासमेत नरहेको बताए। 

‘अलग्गै पार्टी छैनौं एमालेभित्रै विद्रोहीका रुपमा रहेका छौं। संविधानले दिएको व्यवस्था अनुसार नै ७६(५) को वैकल्पिक सरकार बनाउने रुपमा प्रतिगमनका विरुद्धमा उभिएको दलहरुमध्ये हामी पनि एक हौं’, उनले भने, ‘पार्टीमा समस्या खडा गर्ने बितिक्कै हामीले नैतिकताका आधारमा राजीनामा दिएका छौं। केपी ओलीलाई सत्ता भन्दा अरु केही चाहिएको छैन।’
शेरबहादुर देउवा प्रधानमन्त्री बन्न खोजेपछि कुर्सी नै भाँचिदिने गरेर संसद विघटन गरिएको उनले बताए। ‘लोकतन्त्रको रक्षा देशको हित, जनताको हित र कल्याण र संविधान बचाउनका लागि हामी गठबन्धनमा होमिएका हौं’, उनले भने, ‘व्यवस्था नै सिध्याउने काम भएपछि हामी गठबन्धनमा होमिएका हौं।’

व्यक्तिगत वा पदका लागि यो लडाइँ नभएको भन्दै उनले आफ्नो प्रतिबद्धता संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताए। 

उनले सर्वाेच्च अदालतको फैसला कुरेर आफूहरु बसेको नेता नेपालले बताए । ‘अहिले नै यो गर्ने भनेर हामीले निर्णय गरिसकेका छैनौं’, उनले भने, ‘अदालतबाट कस्तो फैसला आउँछ त्यसपछि हामी देश र जनताको हितमा नै अघि बढ्ने हिसाबले काम गर्छौं।’

‘माधव नेपाल धोका दिने मान्छे होइन अहिले जुन प्रक्रिया अघि बढेको छ हस्ताक्षर फिर्ता गर्ने कुरै हुँदैन’, उनले भने, ‘सर्वोच्च अदालतमा अघि बढेको प्रक्रियामा पछि हट्ने कुरै छैन। ७६(५) मा प्रतिनिधिसभाका सांसदहरुलाई अधिकार दिएको छ।’

उनले संवैधानिक नियुक्ति गलत भएको भन्दै विरोध जनाए। उनले सर्वोच्च अदालतले संविधानको धारा ७६ को  उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनुपर्ने धारणा राखे।

प्रकाशित: Jun 26, 2021| 10:34 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।