आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री विष्णु पौडेलले भने- मुलुकको निकास ताजा जनादेशबाटै

गृहमन्त्री विष्णु पौडेलले भने- मुलुकको निकास ताजा जनादेशबाटै

अर्थ तथा गृहमन्त्री विष्णु पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने बताएका छन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

बुटवल- अर्थ तथा गृहमन्त्री विष्णु पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिएपछि दलहरूले सरकार बनाउन नसकेक्दा बाध्य भएर विघटन गर्नुपरेको बताए। 

शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै उनले निर्वाचन नै अबको निकास भएको बताए। 

‘जनादेशको आधारमा आफ्नो भूमिका निर्वाह गरौँ,’ उनले भने। 

आफ्नो गृहनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका पौडेलले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे। 

संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरेकोमा अनपेक्षित दृश्य देखा परेको बताए। उनले सरकारले निर्वाचनमा व्यक्त गरेअनुसार विकासका नयाँनयाँ काम गरेको बताए।

प्रकाशित: Jun 26, 2021| 06:53 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।