आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरपालुवा जनावर खान मानववस्तीमा पाटेबाघ, नियन्त्रणमा लिएर घना जंगलमा छाडियो

घरपालुवा जनावर खान मानववस्तीमा पाटेबाघ, नियन्त्रणमा लिएर घना जंगलमा छाडियो

बर्दियाको मानव वस्ती नजिक आइरहने पोथी पाटेबाघलाई नियन्त्रणमा लिएर जंगलमा छाडिएको छ। 
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- मानव वस्ती नजिक आइरहने पोथी पाटेबाघलाई नियन्त्रणमा लिएर जंगलमा छाडिएको छ। 

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको टोलीले सो पाटेबाघलाई गेरुवा गाउँपालिका–४ स्थित एक सामुदायिक वनबाट नियन्त्रणमा लिएको थियो। 

असार १० गते नियन्त्रणमा लिइएको बाघलाई सोही दिन गुठी क्षेत्रको घनाजंगलमा छाडिएको बर्दिया निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए। उनका अनुसार सो बाघले मानव वस्तीनजिक आएर घरपालुवा जनावर खाने गरेको थियो। 

याे पनि पढ्नुहोस्: तनावमा छ पाटेबाघ!

‘मानवीय क्षति नहोस् भनेर हामीले निगरानी गरिरहेका थियौं, समस्याग्रास्त बाघ त होइन,’ उनले भने, ‘तर नियमित मानव वस्ती नजिक आउन थालेपछि नियन्त्रणमा लिएर गुठी क्षेत्रको जंगलमा छाडेका हौं।’

योसँगै चालु आर्थिक वर्षमा मात्रै बर्दिया निकुञ्जबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइएको छ। दुईवटा निकुञ्जको कार्यालय र रम्मापुरस्थित खोरमा राखिएको छ। 

याे पनि पढ्नुहोस्: खोर खै बाघ थुन्नलाई?

त्यस्तै एउटा बाघ सदर चिडियाखाना जाउलाखेल पठाइएको थियो। एउटा बाघ बाँकेमा राखिएको भए पनि खोरको डण्डी बंग्याएर भागेको थियो। 

सूचना अधिकारी थापाका अनुसार राजमार्गमा हिँडिरहने अर्को एउटा बाघलाई नियन्त्रणमा लिएर रेडियो कोलार जडान गरिएको छ। ‘दुई महिना जति भयो, निगरानी गरिरहेका छौं,’ उनले भने, ‘मुभमेन्ट एकदमै राम्रो छ, उसको व्यवहार पनि राम्रो छ।’

प्रकाशित: Jun 26, 2021| 06:28 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।