आइतबार, भदौ ७, २०८३

सर्लाहीमा जेसीबीको बकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका एक वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

जनकपुरधाम- सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका एक वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

ईश्वरपुर नगरपालिका-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए। यद्यपि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाको भनाइ छ। 

पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो। सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेकेदार प्रेमराज दाहालसँगै पुगेका थिए। 

पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार दाहाल र जेसीबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ विवाद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। 

खाजा खाएर पोखरीसम्म भनाभन भइरहेका बेला वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसीबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको कुँवरको भनाइ छ। 

उनले भने , ‘जेसीबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको छ।’

हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभर खोजेपछि मात्रै आज बिहान उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए। 

प्रहरीले ठेकेदार ईश्वरपुर-३ कै प्रेमराज दाहाल र जेसीबी चालक रविन तामाङ भनिने हर्षबहादुर तामाङलाई पक्राउ गरेको छ। 

वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 26, 2021| 04:40 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।