आइतबार, भदौ ७, २०८३

झापाको चन्द्रगढीमा भएको वर्षा सतर्कता तहमा

झापामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। झापास्थित चन्द्रगढी विमानस्थल वर्षामापन केन्द्रका अनुसार भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ। हाल वर्षा सतर्कता तहसम्म पुगेको छ। 

बाढी पूर्वानुमान महाशाखाले झापाका डुबान भइरहने र होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा छ। 

अहिले प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

सो प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 26, 2021| 01:55 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।