आइतबार, भदौ ७, २०८३

महामारीले रोकिएको जनगणना कहिले होला सुरु?

कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ का गतिविधि पुनः सुरु गरिने भएको छ। 
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ का गतिविधि पुनः सुरु गरिने भएको छ। 

यस सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ। 

गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो।

पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको हो। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्यांक विभागका प्रमुख सदस्य रहने गरी निर्देशक समिति गठन गरिएको छ। 

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्यांक लिन कार्यक्षेत्रमा पठाउने गरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए। 

आगामी साउन अन्तिम सातादेखि सुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यतालिका बनाइएको उनको भनाइ छ। निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ। 

‘पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्ने गरी कार्ययोजना बनाइएको थियो। अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ। जुन दिन तथ्यांक लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौँ,’ उनले भने। 

कार्यालय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरु जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।

करिब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ। उनीहरूमध्ये केहीले ६ दिने तालिम लिइसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निशेध आदेशका कारण तालिम पूरा गर्न पाएका छैनन्। उनीहरूलाई नै फेरि १÷२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ। 

यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ। केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना १९६८ देखि सञ्चालन गर्दै आएको छ। यसको बाह्रौँ श्रृङ्खला अहिले सञ्चालन हुँदैछ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ। 

सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्ने गरी आवश्यक तालिम र व्यवस्था मिलाइएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए। रासस

प्रकाशित: Jun 26, 2021| 01:17 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।