आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा फ्लोर क्रस गरेका एमालेका ३ सांसद पुन: निलम्बित

कर्णालीमा फ्लोर क्रस गरेका एमालेका ३ सांसद पुन: निलम्बित

निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

सुर्खेत- कर्णाली प्रदेशसभाका तीन जना सांसद एक महिनाका लागि निलम्बनमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तीन सांसद निलम्बनमा परेका हुन्। 

निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो।

‘एमाले संसदीय दल (कर्णाली प्रदेश)को बैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेश सभा सचिवालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ। 

यसअघि वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए। तर जेठ २६ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।

निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। पुनर्बहालीपछि एमालेले मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ।

प्रकाशित: Jun 25, 2021| 15:26 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।