पर्सा- पर्सामा १५ वर्षीया बालिकालाई करणी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरका २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो।
बिहीबार राति घरका सदस्यहरु सुतिरहेको अवस्थामा पटेलले उनका साथी सोही गाउँपालिका वडा नम्बर ७ फुलबरिया बस्ने २० वर्षकै कमलेश सहनीको सहयोगमा १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको हो।
बालिकाको परिवारका सदस्यहरु सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी कृष्ण पटेलले कमलेश सहनीलाई ढोकामा कुरुवा बस्न लगाएर करणी गरेको पीडित बुवाको जाहेरीको अधारमा आरोपितलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए।
पीडितको जाहेरी लगतै मुख्य आरोपीलाई पक्राउ गरेर ५ दिनको म्याद थपगरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ भने फरार रहेका सहयोगी कमलेश सहनीको खोजीकार्य भइरहेको प्रवक्ता खनालले बताए।