आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म १३औं महाधिवेशनको घाइते हुँ, फेरि सभापतिमा लड्छु :  रामचन्द्र पौडेल 

म १३औं महाधिवेशनको घाइते हुँ, फेरि सभापतिमा लड्छु :  रामचन्द्र पौडेल 

उनले १३औं महाधिवेशनमा सभापतिमा पराजित भएर घाइते भएकाले सहयोग गर्न आग्रह गरेका थिए। ‘म १३औं महाधिवेशनमा पनि सभापतिमा पराजित गरेर घाइते भएको छुँ। फेरी पनि सभापति लड्छुँ भन्ने छ’, पौडेललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मिल्ने फर्मुला के हो? सबैले भन्दिन पर्‍यो।’ 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा सभापति पदका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। आफु निकट नेताहरूसँग शुक्रबार छलफल गर्दै उनले आफूलाई पुन: एकपटक सघाउन आग्रह गरेका हुन्। 

उनले १३औं महाधिवेशनमा सभापतिमा पराजित भएर घाइते भएकाले सहयोग गर्न आग्रह गरेका थिए। ‘म १३औं महाधिवेशनमा पनि सभापतिमा पराजित गरेर घाइते भएको छुँ। फेरी पनि सभापति लड्छुँ भन्ने छ’, पौडेललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मिल्ने फर्मुला के हो? सबैले भन्दिन पर्‍यो।’ 

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालालाई विमलेन्द्र निधिसँग भएको छलफलका विषयमा प्रश्न ‍गरेका थिए। ‘तीन नेताबीच आजपनि छलफल भयो।  खास कुरा के हो बैठकमा भन्नु पर्‍यो,’ केसीले बैठकमा भनेका थिए। 

जवाफमा नेता प्रकाशमान सिंहले १३औं महाधिवेशनमा पराजित नेताहरुलाई अभिभावक बन्न आग्रह गरेका थिए। ‘निधिजीले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ, मैले पनि मलाई सहयोग गर्नु भनेको छु,’ उनले भनेका थिए। 

बैठकमा सहभागी गगन थापा, डा. मिनेन्द्र रिजाललगायतका नेताहरुले सभापतिका आकांक्षीहरु एक ठाउँ बसेर विषयलाई टुंगोमा पुर्‍याउन र पद बाँडफाँट गर्न अनुरोध गरेका थिए। 

बैठकमा क्रियाशील सदस्यता छानमिन मापदण्डको विषयमा बहस भएको थियो। सहभागी अर्का एक नेताका अनुसार समितिले तयार पारेको मापदण्डमा शीर्ष नेताहरुले प्रश्न उठाएका थिए। क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेलले भने मापदण्डमा सहमति नजुटाउने भने महाधिवेशनमा असर गर्ने भएकाले चाँडो गर्न अनुरोध गरेको थिए। 
 

प्रकाशित: Jun 25, 2021| 14:43 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।