आइतबार, भदौ ७, २०८३

पौडेल भेलामा ८ नेताको कांग्रेस सभापतिमा दाबेदारी

'महाधिवेशनमा वरिष्ठ नेता पौडेलसहित शशांकजी, सुजाताजी कोइराला, शेखरजी,  अर्जुननरसिंहजी, रामशरणजी र कल्याणजीले सभापतिमा आफू उम्मेदवार बन्ने बताउनु भएको थियो,' उनले भने। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा उपस्थित सबैजसो नेताले आगामी महाधिवेशनमा सभापतिमा आफू निर्वाचन लड्ने बताएका छन्। शुक्रबार नेता पौडेलले बसुन्धरामा बोलाएको भेलामा ८ जनाले सभापतिमा आफू लड्ने बताएका थिए। 

भेलामा पौडेल, महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरू सुजाता कोइराला, शेखर कोइराला,  अर्जुननरसिंह केसी, डा.रामशरण महत र कल्याण गुरूङले सभापतिमा दाबीमा गरेका भेलामा सहभागी एक नेताले जानकारी दिए।

'महाधिवेशनमा वरिष्ठ नेता पौडेलसहित प्रकाशमानजी, शशांकजी, सुजाताजी, शेखरजी,  अर्जुननरसिंहजी, रामशरणजी र कल्याणजीले सभापतिमा आफू उम्मेदवार बन्ने बताउनु भएको थियो,' उनले भने। 

पौडेलले १३औँ महाधिवेशनमा नै शेरबहादुर देउवासँग लडेकाले यो पटक पनि आफू स्वाभाविक दावेदार भएको बताएका थिए। यद्यपि हुने धेरै जना उम्मेदवार हुन नहुने र सहमति गरेर अघि बढ्नुपर्ने धारणा पौडेलको थियो। 

यस्तै नेताहरू रामशरण महत र अर्जुननरसिंह केसीले भने शर्तसहितको दाबी पेस गरेका छन्। उनीहरूले सहमतिमा एक जना उम्मेद्वार हुने हो भने छाड्न सकिने तर एकभन्दा बढी उम्मेद्वार हुने स्थिति आए आफूहरू पछि नहट्ने बताएका थिए। 

नेता प्रकाशमान सिंहले आफू उपसभापति भएर काम गरिसकेकाले सभापतिमा दाबी गर्नु जायज भएकाले सहयोग गर्न आग्रह गरेका थिए। 

महामन्त्री डा. शशांक कोइरालाले विमलेन्द्र निधि र प्रकाशमान सिंहकाबीचमा भएको छलफलबारे भेलामा ब्रिफिङ गरेको ती नेताले जानकारी दिए। 

छलफलमा सहभागी युवा नेताहरूले भने आकांक्षीहरूलाई सहमति गर्न र साझा उम्मेद्वार छान्न आग्रह गरेका छन्। एक भन्दा बढी उम्मेदवार हुने स्थिति आए विवेक प्रयोग गरेर पात्र छान्ने छुट आफुहरूलाई रहेको उनीहरूको भनाइ थियो।

प्रकाशित: Jun 25, 2021| 14:18 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।