आइतबार, भदौ ७, २०८३

क्रियाशील सदस्यतामा 'धाँधली' भएको पौडेल पक्षको आरोप

बैठकले क्रियाशील सदस्यताको विषय निष्पक्ष रूपमा टुंग्याउन मागसमेत गरेको छ। विधि र विधान अनुसार क्रियाशील सदस्यताको टुंगो लागोस् भन्ने आफूहरुको अपेक्षा रहेको अर्जुननरसिंह केसीले बताए।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले क्रियाशी सदस्यतामा सभापति शेरबहादुर देउवा पक्षले 'धाँधली' गरेको आरोप लगाएको छ। शुक्रबार पौडेल समूहको भेलामा सहभागी अधिकांश नेताहरूले क्रियाशील सदस्यताका विषयमा धाँधली भएको भन्दै असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

बैठकले क्रियाशील सदस्यताको विषय निष्पक्ष रूपमा टुंग्याउन मागसमेत गरेको छ। विधि र विधान अनुसार क्रियाशील सदस्यताको टुंगो लागोस् भन्ने आफूहरुको अपेक्षा रहेको अर्जुननरसिंह केसीले बताए।

अन्य पार्टीबाट आएकाहरुलाई कांग्रेसले बनाएको मापदण्डविपरीत क्रियाशील सदस्यता दिइएको भन्दै केसीको असन्तुष्टि छ। ‘त्यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं। यसलाई निष्पक्षतापूर्वक टुंग्याऔं भन्ने निश्कर्ष निकालेका छौं’, केसीले भने।

उनले पार्टीको वैधानिकता जोगाउनका लागि भएपनि भदौमा महाधिवेशन गर्नैपर्ने धारणा नेताहरूले छलफलमा राखेको उल्लेख गरे। 

बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, दिलेन्द्र बडूसहितका नेताहरू सहभागी भएका थिए। 

प्रकाशित: Jun 25, 2021| 14:00 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।