आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा घटे कोरोना संक्रमित, विभिन्न अस्पतालमा ३७ संक्रमितको उपचार हुँदै

सुदूरपश्चिममा घटे कोरोना संक्रमित, विभिन्न अस्पतालमा ३७ संक्रमितको उपचार हुँदै

कोभिड-१९ दोस्रो लहरको मध्यतिर कोरोना संक्रमितले भरिभराउ सुदूरपश्चिम प्रदेशका अस्पताल खाली हुँदै गएका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

धनगढी- कोभिड-१९ दोस्रो लहरको मध्यतिर कोरोना संक्रमितले भरिभराउ सुदूरपश्चिम प्रदेशका अस्पताल खाली हुँदै गएका छन्।

प्रदेशका तीनवटा सरकारी अस्पताल खाली भएका छन्। जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ र गोकुलेश्वर अस्पतालमा हाल उपचारका लागि कोही पनि कोरोना संक्रमित छैनन्।

अहिले प्रदेशका विभिन्न जिल्लाका ९ सरकारी अस्पतालमा ३७ जना कोरोना संक्रमित मात्र छन्। सोमध्ये १३ जनाको भेन्टिेलटर आईसीयूमा उपचार भइरहेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सोमध्ये चार जनाको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

कैलालीकै टिकापुरमा रहेको टिकापुर अस्पतालमा ८ जनाको उपचार भइरहेको छ। सोमध्ये एक जनाको भेन्टिलेटर र दुई जनाको आईसीयूमा उपचार भइरहेको छ। 

कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ६÷६ जनाको उपचार भइरहेको छ। सोमध्ये डडेल्धुरा अस्पतालमा एक जनाको भेन्टिेलेटर र तीन जनाको आईसीयूमा उपचार भइरहेको छ। 

दार्चुलास्थित दार्चुला अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पताल अछाम, डोटी, बाजुरा र बयलपाटा अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ। 

सक्रिय संक्रमित घटे

जेठ महिनाको तेस्रो सातासम्म सुदूरपश्चिममा पाँच अंकमा रहेका कोरोनाका संक्रमित असार दोस्रो सातासम्म पुग्दा तीन अंकमा झरेको छ। 

सुदूरपश्चिम प्रदेशमा हाल ५७७ कोरोनाका सक्रिय संक्रमित छन्। जेठ तेस्रो सातासम्म सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमित १० हजारमाथि थिए। अहिले सबैभन्दा बढी कैलाली जिल्लामा कोरोनाका सक्रिय संक्रमित १३३ जना मात्र रहेका छन्। 

स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा ९८ जना, अछाममा ८७ जना, बाजुरामा ६१ जना, डडेल्धुरामा ५५ जना, डोटीमा ५४ जना, बैतडीमा ५३ जना, दार्चुलामा २६ जना र बझाङमा ९ जना र अन्य जिल्लाका एक जना कोरोनाका सक्रिय संक्रमित छन्। 

सुदूरपश्चिममा हालसम्म ४३ हजार ४४२ जनामा कोरोना संत्रण पुष्टि भएकोमा ४२ हजार ५२० जना निको भएका छन्। 
पछिल्लो समय प्रदेशमा कोरोनाका नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या उच्च रहेको निर्देशनालयले जनाएको छ।

दुई दिनयता मृत्यु शून्य 

पछिल्लो दुई दिनयता सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। जेठ १० गतेसम्म दैनिक मृत्युदर दोहोरो अंकमा रहेको सुदूरपश्चिममा त्यसयता एक अंकमा झरेको छ। 

निर्देशनालयका अनुसार सुदूरपश्चिममा हालसम्म ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमध्ये सबैभन्दा बढी कैलालीमा २४५ जनाको मृत्यु भएको छ। निर्देशनालयका अनुसार कञ्चनपुरमा १८५ जना, अछाममा २५, बैतडीमा २१, बझाङमा २५, बाजुरामा २६, डडेल्धुरामा २२, दार्चुलामा १५, डोटीमा १४ जना र अन्य प्रदेशका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 25, 2021| 13:52 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।