काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
९ हजार ५८६ जनाको पीसीआर र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
हाल नेपालमा ४५ हजार ७९४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ।
हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ९४५ जना संक्रमतिको मृत्यु भएको छ।