आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुवाछूत कसुर मुद्दाका आरोपी छुटाउन मन्त्री श्रेष्ठको संलग्नताको विरोध  

छुवाछूत कसुर मुद्दाका आरोपी छुटाउन मन्त्री श्रेष्ठको संलग्नताको विरोध  

सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई छुटाउन मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाएका छन्। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

विराटनगर- सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई छुटाउन मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाएका छन्। 

प्रदेश १ का दलित अगुवाहरुले शुक्रबार आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा सामाजिक अगुवाहरुले मन्त्री श्रेष्ठको विरोध जनाउँदै रुपा सुनारलाई न्याय दिलाउन जस्तोसुकै गतिविधि गर्न तयार रहेको चेतावनी दिएका छन्। 

दलित भएकै कारण काठमाडौं बबरमहलकी सरस्वती श्रेष्ठले कोठा दिन नसक्ने बताएकी थिइन्। जातीय भेदभाव तथा छुवाछुतको भावसहित कोठा नदिएका कारणसहित रुपाले प्रहरीमा मुद्दा दायर गरिन्। प्रहरीले घरबेटी श्रेष्ठलाई पक्राउ गर्‍यो। तर, देशका बहालवाला शिक्षामन्त्रीले नै अभियुक्तलाई छुटाउन प्रहरीविरुद्ध नारा लगाउने र छुटाउन दबाब दिएको विषयलाई प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाउँदै मन्त्री श्रेष्ठलाई कारबाहीको माग गरेका छन्। 

कार्यक्रममा डिबी शाहशंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा, इन्द्रमाया बराइलीलगायतले भेदभावको घटनामा राज्यको तर्फबाट पीडकलाई सहयोग गर्ने शिक्षामन्त्रीलाई कारबाही नगरे कडा संघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी दिएका छन्। 

प्रदेश १ का दलित अगुवाहरुले भेदभाव गर्ने घरबेटी र भेदभाव तथा छुवाछूतको घटनालाई उक्साहट दिने शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन्।

प्रदेश १ मा दलितको सवालमा काम गरिरहेका १२० बढी संस्था तथा व्यक्ति (दलित अगुवा) हरुले कारबाही प्रक्रिया अघि नबढाए जस्तोसुकै संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिए।
शुक्रबार नै डिवी शाहशंकर संयोजक, सुमन परियार सहसंयोजक र उमेश विश्वकर्मा सचिव रहेको रुपा सुनारको न्यायका लागि संघर्ष समिति गठन गरिएको छ।

प्रकाशित: Jun 25, 2021| 11:54 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।