आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको टिप्पणी : संसदमा माइकले हानेर लड्नेहरुलाई शान्तिपूर्ण रुपमा पराजित गर्छौं

प्रधानमन्त्रीको टिप्पणी : संसदमा माइकले हानेर लड्नेहरुलाई शान्तिपूर्ण रुपमा पराजित गर्छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई भ्रमपूर्ण रुपमा अगाडि बढाउन खोजिएको टिप्पणी गरेका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई भ्रमपूर्ण रुपमा अगाडि बढाउन खोजिएको टिप्पणी गरेका छन्।

परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानले आयोजना गरेको निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रीको अनुभव समेटेर लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्। ‘संसदमा खुर्सानीको धुलो बोकेर जानेहरु र संसदको लडाइँ माइकले हानेर गर्नेहरुसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौं’, उनले भने, ‘त्यसकारण चिन्ता गर्नुपर्दैन, तपाइँहरु सबैलाई म आश्वस्त पार्न चाहन्छु।’

महन्थ ठाकुरलाई डबलीमा गएर तपाइँ प्रधानमन्त्री बनिदिनुस् भन्दा देशभक्ति हुने र आफूले सहकार्य गर्दा गलत हुने तर्क उचित नभएको उनले बताए। ‘अहिले राष्ट्रपतिलाई छिर्थोने गालीगलौच गर्ने काम भएको छ। यो उहाँहरुको संस्कृति पनि होला। असभ्य समाज बनाउन चाहनुहुन्छ उहाँहरुका बोली हेर्दा’, उनले भने, ‘हिजो पनि भूतपूर्वको लस्करले प्रेस मिट गरेर राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेछन्।’

राजनीतिक विषयको टुंगो राजनीतिक पार्टीले लगाउने ठाउँमा अदालतसम्म पुर्‍याउने खेल भएको भन्दै उनले उचित नभएको बताए। प्रणाली कार्यान्वयन हुनै नदिएर भत्काउनतिर लाग्नु खतरा भएको प्रधानमन्त्रीको भनाइ छ। 

‘नेपालले विदेश नीतिलाई चुच्चे नक्सा जस्तै जुन आकार दिएको छ त्यसलाई कसैले मेटाउन सक्दैन।’ उनले भने। ‘अल्पविकसितबाट विकाशिल राष्ट्रतर्फ अग्रसर भएका छौं । कोभिड छिट्टै निराकरण गर्छौं। दिगो विकास लक्ष्य प्राप्त गर्न पनि हामी सफल हुन्छौं’, उनले भने, ‘वाह्य ऋण वा अनुदान दुवै लिँदा सावधानीपूर्वक लिन्छौं जथाभावी लिदैनौं। चाहिएको लागि मात्रै लिन्छौं। ऋणमा पर्नेवाला छैनौं।’

पुरानो समयदेखि बिग्रेको कुरालाई पनि सच्चाएर लैजान नेपालले चाहिरहेको भन्दै उनले त्यही भएका कारण सन्धि सम्झौता पुनरावलोकन गर्न ईपीजी गठन गरिएको बताए। साझा सवाललाई साझा रुपमा नै समाधान खोजिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

प्रकाशित: Jun 25, 2021| 11:33 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।