जनकपुरधाम- धनुषामा अंशबन्डामा विवाद हुँदा छोराले बुवाको हत्या गरेका छन्। धनुषाधाम नगरपालिका-१ स्थित काशिपुरमा बुवाछोराबीच विवाद हुँदा ७० वर्षीय विशो यादवको हत्या छोरा कृष्ण यादवले गरेको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ।
अंशमा विवाद हुँदा कान्छो छोरा कृष्णले गएराति ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
बुवाको हत्या गर्ने कृष्णलाई पक्राउ गरिसकिएको उनले बताए। मृतकको टाउकोमा दुई इन्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताए। मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।