आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीहरु सरकारबाट फिर्ता नभएको भन्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

मन्त्रीहरु सरकारबाट फिर्ता नभएको भन्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध पारेको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

सुर्खेत– नेकपा (एमाले)ले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। एमालेका तीन मन्त्रीहरु (भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा) सरकारबाट नबाहिरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध पारेको हो।

एमाले प्रमुख प्रतिपक्षी भएका कारण मन्त्रीहरु सरकारबाट बाहिरिनुपर्ने एमालेको माग छ। ‘बजारमा हल्ला भए जस्तो एमाले सरकारमा सामेल भएको छैन,’ बैठकको सुरुमै एमाले संसदीय दलका सचेतक गुलावजंग शाहले भने, ‘त्यसको प्रष्टिकरण नहुँदासम्म संसदको कारबाही अगाडि बढ्न सक्दैन।’

सांसद पद पुनर्वहाली भएपछि मन्त्रीहरु सरकारबाट बाहिरिनुपर्ने एमालेको अडान छ। ‘सरकारमा सामेल हुने कुरा दलको निर्णयबाट हुन्छ, कुनै व्यक्तिको स्वेच्छाचारी ढंगले सरकारमा सहभागी हुन मिल्दैन,’ उनले भने, ‘हिजो एउटा परिस्थितिमा सरकारमा सामेल भएका व्यक्तिहरु आज अर्को परिस्थिति भइसकेको छ अब उहाँहरु सरकारमा सहभागी हुन पाउनु हुँदैन।’

सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीहरु वैशाख ३ गते पार्टीको ह्विप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री बनेका हुन्। विश्वासको मत दिएकै भोलिपल्ट (वैशाख ४) गते मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए। फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो। 

साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि उनीहरुको सांसद पद गुमेको थियो। तर जेठ २६ गते सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको थियो। पुनर्वहालीपछि एमालेले मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ। पुनर्वहालीपछि प्रकाश ज्वालासहित असार ४ गते बसेको एमाले संसदीय दलको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो।

तर तीन जना मन्त्रीले भने तत्काल सरकारबाट नहट्ने अडान लिएका छिन् । यही कारण एमालेले निरन्तर संसद बैठक अबरुद्ध पार्दै आएको छ। एमालेको अबरोधका कारण संसद बैठक असार १३ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: Jun 25, 2021| 10:24 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।