आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमलेन्द्र, शशांक र प्रकाशमानको एकै स्वर- महाधिवेशनमा एकै ठाउँमा हुन्छौँ

विमलेन्द्र, शशांक र प्रकाशमानको एकै स्वर- महाधिवेशनमा एकै ठाउँमा हुन्छौँ

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै विमलेन्द्र निधिले आफूहरूबीच कार्यगत एकताका लागि कुराकानी भएको बताए। 'मुख्यतया समग्र राजनीति र कांग्रेसको महाधिवेशनका विषयमा छलफल भयो। आमामी महाधिवेशनमा हामी फरक ठाउँमा हुने छैनौँ,' उपसभापति निधिले भने।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह आगामी महाधिवेशनमा एकै ठाउँ उभिने भएका छन्। 

महामन्त्री कोइराला निवास महाराजगञ्जमा शुक्रबार तीन नेताबीच भएको छलफलमा आगामी महाधिवेशनमा एकै स्थानमा उभिने विषयमा कुराकानी भएको हो। आगामी महाधिवेशनमा तीनै जना नेता एकैठाउँ उभिने विषयको छलफल सकारात्मक भएको उनीहरू बताएका छन्। 

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै उससभापति निधिले आफूहरूबीच कार्यगत एकताका लागि कुराकानी भएको बताए। 'मुख्यतया समग्र राजनीति र कांग्रेसको महाधिवेशनका विषयमा छलफल भयो। आगामी महाधिवेशनमा हामी फरक ठाउँमा हुने छैनौँ,' निधिले भने, 'हामी महाधिवेशन र समसामयिक रााजनीतिको विषयमा छलफल भएको छ। यी विषयमा साझा धारणा बनाउन प्रयासरत छौं। त्यसले देश र कांग्रेसका लागि राम्रो गरोस्।'

छलफलमा सहभागी कोइरालाले आफूहरू तीन जना बीच एकता हुन सक्ने सम्भावना भएको बताए।

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसासद सिटौलासँग पनि छलफल गरी अघि बढ्ने बताए। 'केन्द्रीय समितिमा भएका साथीहरुसँग पनि छलफल गर्छौं। हाम्रो थालनीलाई जिल्ला जिल्लामा खुसी छाएको छ। त्यो फिलिङलाई हार्दिकतापूर्वक लिएका छौं,' निधिको भनाइ छ।

आगामी निर्वाचनमा कांग्रेसले जितोस् भन्ने चाहेको र आफूहरूको ध्येय त्यही भएको निधिको भनाइ छ। 'छलफल गरेर हामी तीन जनाको एउटै स्वर हुन्छ। को सभापति भन्नेमा पनि समझदारी हुन्छ। आगामी महाधिवेशनमा फरकफरक गुटमा देख्न पर्दैन। हाम्रो चाहाना त्यही हो। कांग्रेसलाई एकढिक्का बनाउने छौं,' निधिले भने। 

यस्तै बैठकमा सहभागी भएका अर्का नेता प्रकाशमान सिंहिले १४औं महाधिवेशनलाई स्वच्छ तवरले महाधिवेशन गराउने विषयमा छलफल भएको बताए। 'सबैलाई समेटेर लाने सम्भावना कति छ भनेर हामी बसेका हौँ। अस्तिको छलफलको समाचार आउनासाथ साथीहरुले राम्रो थालनी गर्नुभयो र निरन्तरता दिनुस् भन्ने सुझावको आएको छ,' उनले भने। 

'आगामी महाधिवेशनमा फरकफरक गुटमा देख्न पर्दैन। हाम्रो चाहाना त्यही हो। कांग्रेसलाई एकढिक्का बनाउने छौं,' निधिले भने। 

आगामी दिनमा पनि तीन जनाबीच निरन्तर छलफल गर्ने सहमति भएको उनको भनाइ छ। 'कांग्रेसको हितमा, देश र लोकतन्त्रको हितमा कसरी अघि बढ्दा हुन्छ भन्ने बारे छलफल भयो। एकै पटक बस्दा सबै कुरा फाइनल हुँदैन। हामी बस्दै जान्छौं सभापति को हुने भन्ने बारे समय आएपछि निर्णय हुन्छ,' उनको भनाइ छ। 

छलपलमा सहभागी कोइरालाले आफूहरू तीन जना बीच एकता हुन सक्ने सम्भावना भएको बताए। 'पार्टी एकजुट बनाएर जाने विषयमा छलफल केन्द्रित भयो। निर्वाचनमा एकजुट नभए पार्टी धराशायी हुन्छ। सबैलाई एकै ठाँउमा गाँसेर ल्याउने प्रयत्न स्वरुप हामी तीन जना अधिवेशनमा एकै ठाँउमा छौं,' उनले भने, 'सभापतिको उम्मेदवार को हुने भन्ने विषयमा निर्णय गर्छौं।'

प्रकाशित: Jun 25, 2021| 07:56 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।