सोमबार, वैशाख ३१, २०८१

वीरगन्जको बजेटमा कार्यकर्ता पोस्ने कार्यक्रम 

वीरगन्ज महानगरपालिकाको नवौं नगरसभा बिहीबार सम्पन्न भएको छ।
 |  बिहीबार, असार १०, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, असार १०, २०७८

पर्सा– वीरगन्ज महानगरपालिकाको नवौं नगरसभा बिहीबार सम्पन्न भएको छ। गण्डकस्थित क्लार्क रिसोर्टमा भएको कार्यक्रममा उपमेयर शान्ति कार्कीको तर्फबाट अरविन्द गुप्ताले आगामी आर्थिक वर्ष ०७८–०७९ का लागि चालूतर्फ ५२.४४ प्रतिशत अर्थात् एक अर्ब ८६ करोड ३५ लाख, पुँजीगत ४५.६८ प्रतिशत अर्था्त १ अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापनतर्फ ६ करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरे।

triton college

महानगरले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटमध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख रुपैयाँ, समाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख, पूर्वाधार विकासका लागि १ अर्ब ३५ करोड ६६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १३ करोड ३२ लाख र कार्यालयतर्फ ८० करोड ७३ लाख रुपैयाँ विनयोजन गरेको छ।   

महानगरको बजेट तथा नीति कार्यक्रममा आउँदो आर्थिक वर्षमा सञ्चालन हुने मुख्य आयोजनामध्ये आरयुडिपीको ४३ करोड ३३ लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि २८ करोड २७ लाख, म्याचिङ फण्डका लागि १७ करोड ६९ लाख र वडा कार्यालय भवनका लागि ५ करोड छुट्याइएको छ। 

वीरगन्ज महानगरपालिकाले केन्द्रीय बजेटमा जस्तै कार्यकर्ता पोस्ने कार्यक्रममा प्राथमिकताका साथ बजेट छुट्याएको देखिएको छ। महानगरका ३२ वडामध्ये अधिकांश कृषिमा अधारित वडाहरु हुन्। हरेक वर्ष मल, पानी र बिउको अभाव भोग्दै आएका कृषकका लागि कृषि विकासतर्फ १ करोड ५३ लाख, पशु सेवातर्फ २० लाख र रोजगार कार्यक्रमतर्फ २० लाखमात्रै छुट्याइएको छ। तर सडक बोर्ड कार्यक्रमका लागि २ करोड २९ लाख, भेपर लाइट (उज्यालो वीरगन्ज) का लागि ४ करोड ७१ लाख र कृषि लक्षित कार्यक्रमका लागि १ करोड ५३ लाख रुपैयाँ व्यवस्था मिलाएको देखिन्छ। 

कोरोना महामारीले थलिएको शैक्षिक विकास क्षेत्रका लागि महानगरले सबैभन्दा बढी ६१ करोड २० लाख छुट्याएको छ। स्वास्थ्यतर्फ २१ करोड ३० लाख र जनसहभागितामा आधारित कार्यक्रमका लागि ४ करोड २० लाख रुपैयाँ महानगरले बजेट व्यवस्थापन गर्ने भएको छ।

corrent noodles
Metro Mart

बजेटको स्रोत हेर्ने हो भने संघीय सरकारको वित्तीय समानीकरणबाट ४६ करोड, राजस्व बाँडफाँडटो २१ करोड २६ लाख र सशर्त अनुदानबाट ७६ करोड ५१ लाख रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ। यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ३ करोड २९ लाख, सशर्त अनुदानतर्फ २ करोड, राजस्व बाँडफाँटतर्फ २ करोड २८ लाख प्राप्त हुने अनुमान छ।

वीरगन्ज महानगरपालिकाले कोरोना महामारीका कारण व्यापार–व्यवसायमा प्रतिकूल असर परेका होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, सपिङ मल, उद्योग र कलकारखानाको सम्पत्ति करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको छ।

नगरसभामा पत्रकार, महानगरमा उत्कृष्ट काम गर्ने कर्मचारी, नगर प्रहरी र सगरमाथा आरोहण गर्नेलाई सम्मान गरिएको थियो।
 

प्रकाशित: Jun 24, 2021| 10:18 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।