आइतबार, भदौ ७, २०८३

आन्तरिक हवाई उडान असार १७ गतेदेखि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्ने नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर मन्त्रालयले आवश्यक तयारी थाल्ने भनेको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए।

विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्न र अर्को आदेश जारी नभएसम्म असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले प्राधिकरणलाई भनेको छ। 

आन्तरिक उडानका लागि तोकिएका गन्तव्यहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझावसमेतको राय प्राप्त भएपछि पत्राचार गरिने पर्यटन मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।

अन्तर्राष्ट्रिय उडानको हकमा खाडी मुलुकलाई भने त्यति प्राथमिकता दिइएको छैन। खाडी मुलुकमा काम गर्ने नेपालीहरुले धेरै दुःख पाइरहेको बेला त्यहाँ धेरै उडान गर्नुपर्ने ठाउँमा सरकारले त्यसतर्फ ध्यान दिएको छैन। 

अन्तर्राष्ट्रिय उडान कुन कुन गन्तव्यमा गर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्यटन मन्त्रालयलाई पत्राचार गरेपछि मात्र गन्तव्य तोकिने छ।

No description available.

प्रकाशित: Jun 23, 2021| 12:18 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।