आइतबार, भदौ ७, २०८३

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको बैठक

विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको हो।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको हो।

छलफलमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव कुमार नेपाल, भीम रावल र राजमोबाट दुर्गा पौडेल सहभागी छन्।

हिजो मंगलबारमात्रै गठबन्धनले संयुक्त विज्ञप्ति निकालेर विपक्षी पाँच राजनीतिक दलहरुले जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएको थियो।

सरकारले प्रतिगामी पाइला चाल्दै राजनीतिलाई अस्थिर बनाउनुका साथै आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा घात गरेको उनीहरुको ठहर छ। विज्ञप्तिमा नेताहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए।

प्रकाशित: Jun 23, 2021| 12:04 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।