आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज साढे २ हजारमा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

आज साढे २ हजारमा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा साढे ३ हजार बढी संक्रमणमुक्त भएका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा साढे ३ हजार बढी संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ५५८ जना संक्रमणमुक्त भएका छन्। ७ हजार ४६१ जनाको पीसीआर र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ३४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ जनामा संक्रमण पुष्टि भएको छ।

हाल नेपालमा ५० हजार ५२० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 23, 2021| 11:03 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।