आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्।

पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार बिहीबार दिउँसो २ बजेका लागि भेला डाकिएको छ। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको छ।

केन्द्रीय समितिको बैठकलगत्तै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशन लक्षित गतिविधि थालिसकेका छन्। उपभापति विमलेन्द्र निधिले समेत महाधिवेशनको तयारी थालेका छन्। सभापति पदमा दाबी गर्दै निधिले आफू निकट र अन्य समूहका नेताहरुसँग छलफल गरिसकेका छन्।  

पौडेल समूहमा सभापतिका धेरै आकांक्षी छन्। १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेल आफैं सभापतिका आकांक्षी हुन्। यस्तै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसी, शेखर कोइराला लगायत पनि सभापतिका आकांक्षी हुन्। धेरै आकांक्षी देखिएको अवस्थामा पौडेलले केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेका हुन्।

प्रकाशित: Jun 23, 2021| 10:24 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।