आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि घुम्ती सहयोग केन्द्र 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि घुम्ती सहयोग केन्द्र 

सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

सर्लाही- सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ। 

सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कोभिड–१९ घुम्ती सहयोग केन्द्रबाट ९ किसिमका सेवा एक साथ प्रदान गरिँदैछ। सहयोग केन्द्रबाट ज्वरो तथा अक्सिजनको मात्रा मापन गरिएको छ भने कोरोनासँग मिल्दोजुल्दो अन्य लक्षणहरुको सोधपुछ गरी आवश्यक स्वास्थ्य परामर्श दिने काम पनि गरिएको छ। सेवा लिन आउने सबैलाई मास्क प्रयोग गर्न लगाउने, सेनिटाइजर प्रयोग गर्न लगाउने, भौतिक दूरी कायम गर्न लगाउने, नियमित साबुन पानीले हात धुने जस्ता चेतनामुलक जानकारीहरु प्रवाह गर्ने कामसमेत गरिएको छ।

कोरोनाको परीक्षण गराउन अभिप्रेरित गर्न मैथिली भाषामा तयार गरिएको अडियो सन्देश टोलटोलमा सुनाउने, तथा माइकिङ गर्ने कामसमेत गरिएको छ। शंकास्पद व्यक्तिलाई एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। साथै पीसीआर टेस्ट गराउन जान चाहने वा उपचारको आवश्यकता भएका अति विपन्न परिवारका कोरोना संक्रमितहरुका लागि यातायातको सुविधा पनि उपलब्ध गराउने कार्य पनि केन्द्रमार्फत गरिँदैछ। 

त्यस्तै, होम आइसोलेसनमा रहेका कोरोना पोजिटिभ व्यक्तिहरुलाई पौष्टिक खानेकुरा प्रदान गर्ने कामसमेत भएको छ। अश्वगंधा चुर्ण, च्यवनप्रास अवलेह, यष्टिमधु चुर्ण,  गुड्चि चिया, त्रिफला चुर्ण, कागती, चनाको सत्तु, ड्राई फ्रुट मिक्स, अण्डा, जिंक टेबलेट र भिटामिन सी टेबलेट समाहित गरिएको इम्यूनिटी बुस्टर तथा पोषण प्याकेज कोविड १९ पोजिटभ व्यक्तिहरुलाई प्रदान गरिदै छ। कोभिड १९ विषेशज्ञ चिकित्सकको परामर्श आवश्यकता भएको कोविड १९ पोजिटिभि बिरामीहरुलाई भिडियो कल मार्फत सो सेवा उपलब्ध गराउने कार्य पनि उक्त कोविड १९ घुम्ती सहयोग केन्द्रमार्फत् गरिदैछ। 

दौतरीको सहकार्य तथा भोरको पहलमा अषाढ ८ गतेदेखि सुरु गरिएको कोविड १९ घुम्ती सहयोग केन्द्र सर्लाहीको चन्द्रनगर गांउपालिकाको सातवटै वडाको ३० भन्दा बढी टोलहरुमा अगामी १० दिनसम्म सञ्चालन गरिनेछ। प्यारामेडिक्स, नर्स र प्याथोलोजी सहित चार चना स्वास्थ्यकर्मीको टोली र १० जना भोलेन्टियर सहितको टोलीले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको स्वास्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाउदै कोभिड १९ घुम्ती सहयोग केन्द्र संचालन भईरहेको जानकारी भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए।

चन्द्रनगर गांउपालिकामा सञ्चालनपश्चात् सो सहयोग केन्द्र आवश्यकताअनुसार र श्रोतको उपलब्धताको आधारमा सर्लाहीको अन्य स्थानीय तहमा एवम अन्य जिल्लाहरुमा पनि संचालन गर्ने योजना रहेको भोरका अध्यक्ष पचुलाल माझी बताउछन्।

प्रकाशित: Jun 23, 2021| 09:30 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।