आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ता कार्कीको तर्क– राष्ट्रपतिले ओलीलाई 'यु आर नो मोर प्राइममिनिस्टर' भन्न सक्नुपर्थ्यो

वरिष्ठ अधिवक्ता कार्कीको तर्क– राष्ट्रपतिले ओलीलाई 'यु आर नो मोर प्राइममिनिस्टर' भन्न सक्नुपर्थ्यो

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारवाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने प्रकृतिको रहेको टिप्पणी गरेका छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारवाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने प्रकृतिको रहेको टिप्पणी गरेका छन्। 

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै उनले यस्तो बताएका हुन्। ‘बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत के हो? प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने भयो। नैतिकता भएन,’ उनले भने,‘प्रधानमन्त्री पद खेलाचीको पद होइन। राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने के गर्या हो यो?’

उनले बहसका क्रममा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए। ‘हाउसको कन्फिडेन्ट नपाईकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन। बस्न दिनु हुँदैन,’उनले भने,‘सक्तिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपर्थ्यो युआर नो मोर प्राइम मिनिस्टर भनेर।’

यसअघि वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव, अधिवक्ता गोविन्द बन्दी र खुम्बबहादुर खातीले बहस गरिसकेका छन्।

प्रकाशित: Jun 23, 2021| 08:53 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।