आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन हिंसा आरोपमा पक्राउ परेका गुम्बा सञ्चालक धरौटीमा रिहा

यौन हिंसा आरोपमा पक्राउ परेका गुम्बा सञ्चालक धरौटीमा रिहा

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कैलालीका एक गुम्बा सञ्चालक धरौटीमा रिहा भएका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

धनगढी– बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कैलालीका एक गुम्बा सञ्चालक धरौटीमा रिहा भएका छन्।

यौन हिंसाको आरोपमा पक्राउ परेका गोदावरी नगरपालिका–२ वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका सञ्चालक गणेश मोक्तान लामा ९० हजार धरौटी बुझाएर २७ दिनमा थुनामुक्त भएका हुन्।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लामा धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। लामाविरुद्ध तीन बालिकाका तर्फबाट परेको छुट्टाछुट्टै उजुरीमा अदालतले जनही ३०–३० हजार रुपैयाँ धरौटी माग गरेको थियो। सो रकम बुझाएर लामा मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

गुम्बामा रहेका बालिकाले आफूहरुमाथि लामाले यौन हिंसा गर्दै आएको कुरा सार्वजनिक भएपछि कैलाली प्रहरीले उनलाई जेठ १३ गते पक्राउ गरेको थियो। 

लामाविरुद्ध दुई बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुनस्र्थापना केन्द्र धनगढीले बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको थियो। २०६५ सालमा स्थापना भएको गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए।

प्रकाशित: Jun 23, 2021| 08:12 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।