आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

दक्षिणकालीमा एक युवतीकाे निर्मम हत्या भएको छ। अनुहार नचिनिने अवस्थामा मंगलबार युवतीको शव भेटिएको थियो। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– दक्षिणकालीमा एक युवतीकाे निर्मम हत्या भएको छ। अनुहार नचिनिने अवस्थामा मंगलबार युवतीको शव भेटिएको थियो। 
अपराध अनुसन्धान महाशाखाका अनुसार ती महिला काठमाडौं कालो पुलनजिक बस्ने सन्तोषी सुब्बा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सन्तोषीलाई कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए। तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए। 

सन्तोषीको निर्मम ढंगले हत्या गरेको देखिएको छ। शव हेर्दा सुरुमा घाँटीमा सलले कसिएको र ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको अनुसन्धानमा खटिएका प्रहरीले बताए। उनको हत्या सोमबार भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार सन्तोषीको कानका टप फुस्किएका देखिन्छन्। चुँडिएको माला  कुच्चिएको चश्माको फ्रेम फेला परेको छ।

यस्तै सुब्बाले बोकेको झोलामा मेक अपका विभिन्न सामग्री फेला परेका छन्। त्यहाँसम्म कसैले लगेर योजनापूर्वक नै हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ। महाशाखाका प्रमुख खापुङका अनुसार हत्याको कारण गर्भमा बच्चा हुन सक्ने विषयमा अनुसन्धान केन्द्रित गरिएकाे छ। यद्यपि सुब्बा अविवाहित रहेकाे बताइएकाे छ। कसैले बिहे गर्छु भनेर गर्भवती बनाएकाे र पछि याेजनाबद्ध रुपमा हत्या गरेकाे हुन सक्ने प्रहरी अनुमान छ।

हत्याअघि विवाद भएको  र विवादपछि घम्साघम्सी हुँदा सन्तोषीको माला चुँडिएको र कानका टप फुस्किएको हुन सक्ने प्रहरी अनुमान छ। हत्या कसले गर्‍यो भन्ने बारे अनुसन्धान भइरहेको खापुङले बताए। 

‘मेकअपका धेरै सामग्री देखिएकाले बिहे गर्छु भनी बहाना बनाएर दक्षिणकालीसम्म लगेको हुन सक्छ’, खापुङले भने। हत्याअघि विवाद भएको  र विवादपछि घम्साघम्सी हुँदा सन्तोषीको माला चुँडिएको र कानका टप फुस्किएको हुन सक्ने प्रहरी अनुमान छ। हत्या कसले गर्‍यो भन्ने बारे अनुसन्धान भइरहेको खापुङले बताए। 

जंगल क्षेत्रमा प्रयोगविहीन शौचालय नजिक मंगलबार एकाबिहानै महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिलाले इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो। घटना अनुसन्धानका लाागि महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित फरेन्सिक विज्ञसहितको टोली खटिएको थियो।

सन्तोषी चराचुरूंगी तथा जीवजन्तुको आवाज दुरूस्तै निकालेर चर्चित भएकी थिइन्। उनको कला युट्युबमा पनि देख्न सकिन्छ। 

 

प्रकाशित: Jun 23, 2021| 06:56 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।