आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिवक्ता बन्दीको प्रश्नः विश्वासको मत गुमाएको प्रधानमन्त्रीले संसद् विघटन कसरी गर्न सक्छ?

अधिवक्ता बन्दीको प्रश्नः विश्वासको मत गुमाएको प्रधानमन्त्रीले संसद् विघटन कसरी गर्न सक्छ?

अधिवक्ता गोविन्द बन्दीले विश्वासको मत गुमाएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छ भन्दै इजलासमा प्रश्न गरेका छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- अधिवक्ता गोविन्द बन्दीले विश्वासको मत गुमाएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छ भन्दै इजलासमा प्रश्न गरेका छन्। 

रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता बन्दीले यस्तो प्रश्न गरेका हुन्। 

‘देउवा पक्षले गरेको दाबी इन्कार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन?,’ उनले भने,‘संसदमा विश्वासको मत गुमाएका प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छन्?’

१३६ जना भए बहुमत पुग्नेमा १४९ जनासहित देउवाले  प्रधानमन्त्रीमा दाबी गरेको भन्दै यस्तो अवस्थामा राष्ट्रपतिलाई यो भन्दा विश्वासिलो आधार अरू के चाहियो भन्दै प्रश्न गरे। 

उनले राष्ट्रपतिले जुन दायित्व निर्वाह गर्नुपर्ने थियो त्यो पूरा गर्न नसकेको बताए।

दुई वा दुईभन्दा बढी दलले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी गरेपछि पार्टीको पत्र आवश्यक नपर्ने उनको भनाइ छ।

‘राष्ट्रपतिले मध्यराति निर्णय गर्नुपर्ने के थियो? राष्ट्रपतिको कार्यालय पनि सरकारी कार्यालय हो किन मध्यरात निर्णय गरियो। विरोध हुन सक्ने भएकाले यस्तो कदम चालिएको हो,’ उनले भने, ‘प्रतिवादको कुनै मौका दिइएन। जसरी पनि केपी प्रधानमन्त्री बन्नु पर्छ भन्ने मनोविज्ञानबाट प्रेरित भएर गरिएको निर्णय हो, यो संविधानविपरीत छ।’

प्रकाशित: Jun 23, 2021| 06:40 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।