आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न पाइँदैनः अधिवक्ता खाती

वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न पाइँदैनः अधिवक्ता खाती

अधिवक्ता खुम्बबहादुर खातीले वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न नपाइने जिकिर गरेका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- अधिवक्ता खुम्बबहादुर खातीले वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न नपाइने जिकिर गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध आजदेखि सुरु भएको निरन्तर सुनुवाइमा बहस गर्दै उनले यस्तो बताएका हुन्। 

रिट निवेदकका तर्फबाट उनले बहस गरेका हुन्।  ‘वैकल्पिक सरकार गठन हुने अवस्था बाँकी रहँदासम्म कसरी संसद विघटन हुन्छ,’ उनले भने, ‘प्रक्रिया नै पूरा नगरेर सरकार गठन हुने/नहुने परीक्षण नै नगरेर विघटन गरिएको छ।’

आफ्नो अनकूलतामा नभएपछि प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर संविधान मिचेको उनले आरोप  लगाए।  ‘यो गैर संवैधानिक छ। मनासिबपूर्ण तरिकाले प्रतिनिधिसभा विघटन गरियो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सबै आधर छन् त्यसैले उनलाई नियुक्त गरिनुपर्छ,’ उनले भने। 

जेठ ८ गते दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।

सुरुवातमा रिट निवेदकले बहस गर्ने छन्। त्यसपछि विपक्षीका तर्फबाट बहस हुनेछ। एमीकस क्यूरीले पनि आफ्नो राय दिन बहस गर्ने छन्। 

यो पटकको सुनुवाइमा इजलासले दुवै पक्षलाई बहसका लागि समय नै निर्धारण गरिदिएको छ।

प्रकाशित: Jun 23, 2021| 06:27 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।