आइतबार, भदौ ७, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा निरन्तर सुनुवाइ सुरु भएको हो।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा निरन्तर सुनुवाइ सुरु भएको हो।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले गत जेठ २६ गते आदेश जारी गर्दै आजदेखि निरन्तर सुनुवाइ गर्न पेशी तोकेको थियो।

सोही अनुसार उक्त मुद्दामा निरन्तर सुनुवाइ सरु भएको हो। सुरुवातमा आज रिट निवेदकका तर्फबाट बहस प्रारम्भ भएको हो। रिट निवेदकको तर्फबाट बहस गर्नका लागि २ सयभन्दा बढीले वकालत नामा दर्ता गरेका छन्। तर, सबै रिट निवेदकले बहस भने गर्न पाउने छैनन्। किनभने इजलासले रिट निवेदक, विपक्षी र एमीकस क्यूरीको तर्फबाट बहस गर्नका लागि समय नै निर्धारण गरिदिएको छ। 

इजलासले रिट निवेदक पक्षलाई बहसको सुरुवातमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय दिएको छ। त्यस्तै विपक्षीलाई पनि १५ घन्टा निर्धारण गरेको छ। भने एमीकस क्यूरीका लागि २ घन्टाको कुल समय तोकिएको छ।

रिट निवेदकको तर्फबाट आज ५ जना कानून व्यवसायीहरूले बहस गर्ने छन्।

प्रकाशित: Jun 23, 2021| 05:56 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।