आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएका तामाङले भने, खोप आउन ढिला भए नैतिक जिम्मेवारी मेरो हुनेछ

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएका तामाङले भने, खोप आउन ढिला भए नैतिक जिम्मेवारी मेरो हुनेछ

सर्वोच्च अदालतको मंगलबारको आदेशपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट मुक्त भएका शेरबहादुर तामाङले खोप ल्याउन सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको जनाएका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– सर्वोच्च अदालतको मंगलबारको आदेशपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट मुक्त भएका शेरबहादुर तामाङले खोप ल्याउन सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको जनाएका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत आफूले १९ दिनसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गर्न खोजेको कामको विवरण सार्वजनिक गरेका हुन्। उनले खोप ल्याउन ढिलाइ भए त्यसको जिम्मेवारी आफूले लिने पनि भनेका छन्।

तामाङले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ।’ उनले राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको पनि बताएका छन्।  आफूले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको दाबी गरेका छन्।

यस्तै उनले सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।
तामाङले  सम्पूर्ण सरकारी अस्पताललाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चित गर्ने प्रकृया आरम्भ भएको दाबी गरेका छन्। यस्तै उनले गाँजाको औषधीय उपयोग र अनुसन्धानका लागि पहल सुरु भएको जानकारी दिएका छन्।

प्रकाशित: Jun 23, 2021| 05:42 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।