काठमाडौं– नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुलाई सरुवा गरेको हो। एसपी गोविन्द थपलियालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी जनार्दन जीसीलाई पठाइएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा शिवकुमार श्रेष्ठ र कास्कीमा एसपी रमेश थापालाई पठाइएको छ।