बारा- युवकको हत्या आरोपमा प्रहरीले एक जना पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ। ५ दिनअघि भएको युवकको हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
विश्रामपुर–२ भरवलिया टोलका २५ वर्षीय वीरेन्द्र बैठालाई टाउकोमा फलामको चिम्टा र भट्टाले प्रहार गरी उनीहरुले हत्या प्रारम्भिक अनुसन्धानबाट देखिएको र त्यसमा संलग्न उनीहरूला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका– ३ फुलवरियाका ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गाउँपालिका–२ बरैनियास्थित हनुमान मन्दिरका पुजारी ७२ वर्षीय दासबाबा भनिने वीरबहादुर यादव छन्।
गाँजा र पैसा चोरेको भन्दै पुजारी दासबाबाले पारसको सहयोगमा युवक वीरेन्द्रलाई कुटपिट गरेको प्रहरीले बताएको छ।
विश्रामपुर गाउँपालिका–२ बरैनियामा बिहीबार युवकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो।
अभियुक्त दुवैले हत्या आफूहरुले नै हत्या गरेको प्रहरीमा साबिती बयान दिएको प्रहरीको भनाइ छ।