आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड खोप बोकेकी अस्मिताको मृत्यु घटना : पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभई अन्त्येष्टि

कोभिड खोप बोकेकी अस्मिताको मृत्यु घटना : पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभई अन्त्येष्टि

परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरेपछि परिवारले शव बुझेको परशुराम नगरपालिकाकी नगर उपप्रमुख कलावती देवी बोहराले बताइन्। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

धनगढी- शनिबार मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिकाका–८ जमरानी स्वास्थ्य इकाई केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको अन्त्येष्टि गरिएको छ। मंगलबार उनको महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो। 

No description available.
 अस्मिता धामीको अन्त्येष्टि गरिँदै।

उनको पोस्टमार्टम रिपोर्ट भने अझसम्म पनि सार्वजनिक गरिएको छैन। प्रहरीले सबै परीक्षण गरिसकेको बताएपनि पोस्टमार्टम रिपोर्ट सार्जनिक गरेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी एकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली परिचालन भएका छन्।

परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरेपछि परिवारले शव बुझेको परशुराम नगरपालिकाकी नगर उपप्रमुख कलावती देवी बोहराले बताइन्। 

नगर कार्यपालिकाको बैठकले उनका श्रीमानलाई उनी कार्यरत पदमा सोही स्वास्थ्य इकाईमा नोकरी दिने नगर उपप्रमुख बोहराले बताइन्। 'छोरीहरु साना छन्। बुवाले जागिर पाएपछि पढाइका लागि उनका छोरीहरुको नाममा सो रकम जम्मा गर्ने निर्णय भएको छ,’ नगर उपप्रमुख बोहराले भनिन्, 'नगरका तर्फबाट हामी ७ लाख ५० हजार दुई र चार वर्षीय छोरीमा नाममा जम्मा गर्छौँ।’

शव भेटिएको तीन दिनमा अस्मिताको सोमबार जोगबुढा अस्पतालमा पोस्टमार्टम भएको थियो। असार २ गते आधारभूत स्वास्थ्य एकाइ केन्द्र जमरानीबाट कोभिड–१९ विरुद्धको बचेको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुगाउने भनेर निस्किएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। असार ५ गते उनको शव परशुराम नगरपालिका–९ हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

थप समाचार :
कोभिड भ्याक्सिन बोकेकी धामीको मृत्यु प्रकरण: पोस्टमार्टम रिपोर्टमा ढिलाइ, आफन्त आन्दोलित

कोभिड भ्याक्सिन बोकेर हिँडेकी स्वास्थ्यकर्मीको रहस्यमय मृत्यु, अनुसन्धानमा प्रहरीका दुई टोली

प्रकाशित: Jun 22, 2021| 13:41 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।