आइतबार, भदौ ७, २०८३

तिलोत्तमाले ल्यायो झण्डै दुई अर्बको बजेट

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ।

मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन्।

तिलोत्तमाको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढीको बजेट ल्याएको हो। नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई समुचित सम्बोधन गरी रोजगारी र्सिजना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको बताइन्।

तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ४४ करोड १ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ५० करोड ७५ लाख, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ।

बजेटमा चालु आर्थिक वर्षका प्रायः सबै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरु पनि समावेश गरिएको छ। बजेटमा कोभिड–१९ रोग नियन्त्रण तथा रोकथामको लागि ३ करोडसहित स्वास्थ्य क्षेत्रमा कुल १९ करोड ४९ लाख विनियोजन गरिएको छ।

यस्तै शिक्षामा ३५ करोड २४ लाख, पूर्वाधार विकासमा ६४ करोड ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड ४० लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ३ करोड ८ लाख, विभिन्न खेलकुद प्रतियोगिता तथा खेलमैदान पूर्वाधार विकासमा १ करोड १५ लाख विनियोजन गरिएको छ।

प्रकाशित: Jun 22, 2021| 13:33 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।