आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीमा पुग्दा पदमुक्त भएका मन्त्री तामाङले यस्तो दिए प्रतिक्रिया

मेलम्चीमा पुग्दा पदमुक्त भएका मन्त्री तामाङले यस्तो दिए प्रतिक्रिया

सर्वोच्च अदालतको मंगलबारको फैसलाबाट पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलाबारे जानकारी आए पनि डिटेल बुझ्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– सर्वोच्च अदालतको मंगलबारको फैसलाबाट पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलाबारे जानकारी आए पनि डिटेल बुझ्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। 

तामाङलाई अदालतको आदेशबारे नेपाल समयले जिज्ञासा राख्दा उनले आफू मेलम्चीमा रहेको र बाढीपीडितको उद्धार राहतमा जुटेको बताए। नियुक्त भएको १९ दिनमै जिम्मेवारीमुक्त भएका तामाङले अदालतको आदेशबार सुनेको तर धेरै कुरा बुझ्न नपाएको बताए।

‘मैले अदालतको आदेशबारे सुनें, तर डिटेलमा बुझ्न पाएको छैन। म काममै व्यस्त छु,’ उनले भने, ‘मेरो क्षेत्र (मेलम्ची)मा बाढीले ठूलो क्षति गरेको छ। म अहिले पीडित जनतासँगै छु र काम गरिरहेको छु। अब अदालतको आदेशबारे बुझ्नपर्ला।’ 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशबाट १७ मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन्।
 

प्रकाशित: Jun 22, 2021| 11:53 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।