आइतबार, भदौ ७, २०८३

४ हजार ९५४ जना संक्रमित निको भए, ४ हजार ५२२ थपिए

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार  ९ सय ५४  जना निको भएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार  ९ सय ५४  जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोही अवधिमा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार भाइरसका कारण ४१ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ३२ लाख ८८ हजार ५३ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ लाख ५१ हजार ५ सय ९२ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

स्वास्थ्य मन्त्रालयकोे तथ्यांक अनुसार पिसिआरमार्फत ६ लाख २६ हजार ३ सय ४३ र एन्टिजेन मार्फत २८ हजार १ सय २७ पोेजेटिभ केस देखिएका छन्।

नेपालभर अहिलेसम्म कोरोना भाइरसका कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएकोे छ भने ५ लाख ६४ हजार  ८ सय २२ जना निको भएका छन्।
 
 

प्रकाशित: Jun 22, 2021| 11:32 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।