आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिणकालीको पिकनिक स्पटनजिक शौचालयमा भेटियो महिलाको शव

दक्षिणकालीको पिकनिक स्पटनजिक शौचालयमा भेटियो महिलाको शव

दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ। अनुहार नचिनिने अवस्थामा वयष्क महिलाकोे शव भेटिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी  चन्द्रबहादुर खापुङले जानकारी दिए।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ। अनुहार नचिनिने अवस्थामा वयष्क महिलाकोे शव भेटिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी  चन्द्रबहादुर खापुङले जानकारी दिए।

‘दक्षिणकालीकोे पिकनिक स्पट नजिक रहेको पुरानो ट्वाइलेटमा महिलाको शव भेटिएको हो, अहिलेसम्म शवकोे पहिचान हुन सकेको छैन,’ खापुङले नेपाल समयसँग भने।

अनुसन्धानका लागि प्रहरीले फरेन्सिक चिकित्सककोे टोली र तालिमप्राप्त कुकुरलाई पनि बोलाएको छ। खापुङका अनुसार शव अन्दाजी ३०–३२ वर्षीया महिलाको रहेको छ।

‘अहिलेसम्म शवको पहिचान र सनाखत हुन सकेको छैन, घटनाबारे थप अध्ययन अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खापुङले भने।
 

प्रकाशित: Jun 22, 2021| 11:02 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।