आइतबार, भदौ ७, २०८३

सिक्री लुटेर भाग्दै गर्दा पक्राउ

सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे  गाउँपालिका–५ घर भएकी ५० वर्षीया महिलाले घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–२६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका–१ घर भएका ३९ वर्षीय दिल कुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ।

सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०र१२ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई कुटपिट गरी उक्त नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ। घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित: Jun 22, 2021| 07:18 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।