आइतबार, भदौ ७, २०८३

राजनीतिको कालो बादल छिटै हट्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतामाथि लाग्न खोजेको मडारिएको कालो बादल छिट्टै हट्ने बताएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतामाथि लाग्न खोजेको मडारिएको कालो बादल छिट्टै हट्ने बताएका छन्।

नेकपा माओवदी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीका पिता स्वर्गीय पण्डित हरिप्रसाद पौडेलको सातौं दिनको श्रद्धान्जली सभामा उनले सो कुरा बताएका हुन्।

देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको उनले बताए। देशमा सोच्दै नसोचेको किसिमले राजनीतिक घटनाक्रम भएको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झण्डै धारासायी हुने हो कि भन्ने खतरासँगै देशै के हुने हो भन्ने जस्तो स्थिति आएको उनको भनाइ थियो।

यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने प्रचण्डको भनाइ छ। 

देशमा स्थिरता आवश्यक ठानेर वाम गठवन्धन र पार्टी एकताको पहिलो प्रस्ताव गरेको भए पनि पाँच वर्ष नपुग्दै झण्डै दुई तिहाई नजिकको कम्युनिष्ट छिन्नभिन्न हुनुले दुःखको कुरा भएको प्रचण्डको भनाइ थियो। 

अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत निरीक्षण र समस्याका बारेमा पनि बुझेका थिए। सो अवसरमा अध्यक्ष प्रचण्डले स्थानीय डुबानको पीडामा परेका समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। 
 

प्रकाशित: Jun 22, 2021| 07:13 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।