आइतबार, भदौ ७, २०८३

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहामा बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

सिरहा- सिरहामा बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लहान नगरपालिका-९, गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका-५, लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विद्युतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 22, 2021| 07:05 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।