आइतबार, भदौ ७, २०८३

दुई महिनादेखि स्थगित जिल्ला प्रशासनको सेवा सञ्चालन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन्। गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए।

बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए। उनका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ।

यसैगरी मंगलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ। नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ।

नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०:३० बजेभित्र टोकन लिनुपर्ने छ। 'राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ', अधिकृत भट्टले भने, 'राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ।' कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उनको भनाइ छ।

प्रकाशित: Jun 22, 2021| 05:27 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।