सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको भ्याकेट निवेदनमाथिको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा

ओलीको भ्याकेट निवेदनमाथिको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

उक्त भ्याकेट निवेदनमाथी न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो। 

कर्णाली प्रदेशका चार सांसद कारवाही र एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेशविरुद्ध आइतबार ओलीले सर्वोच्च अदालतमा भ्याकेट(पुनरावेदन) निवेदन दर्ता गरेका थिए।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका ४ जना सांसदको कारवाहीलाई बदर गर्दै सांसदको हैसियतले काम गर्नमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका नाममा कारवाही गरिएको भन्दै त्यसको वैधता माथी नै प्रश्न उठाएको थियो। 

ओली अदालतको निर्णयविरुद्ध भ्याकेटमा गएपछि नेकपा एमालेभित्रको एकताका लागि भइरहेका प्रयासमा पुनः रोकिने देखिएको छ।

असन्तुष्ट माधव–झलनाथ पक्षले एमालेलाई एकताबद्ध बनाउन नदिने योजना अन्तर्गत भ्याकेट निवेदन दर्ता गरिएको प्रतिक्रिया दिइसकेको छ।

प्रकाशित: Jun 22, 2021| 05:09 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।