सोमबार, भदौ ८, २०८३

बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

बागलुङ- बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 

बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो।

आज बिहान ६ बजे ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

ट्रयाक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 22, 2021| 03:45 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।