सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'उपत्यकामा लागेको बिहानी घाम केही समयपछि बादलले छेक्छ'

'उपत्यकामा लागेको बिहानी घाम केही समयपछि बादलले छेक्छ'

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

मौसम विद् गंगा नगरकोटीका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर २ र  वाग्मती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ।

आज दिनभर पनि देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम विद् नगरकोटीले काठमाडौं उपत्यकामा बिहान घाम लागे पनि मध्यान्ह १२ बजेपछि बादल लाग्दै जाने बताइन्। काठमाडौं उपत्यकाको घाम केही छिनका लागि मात्रै भएको उनले बताइन्।

प्रकाशित: Jun 22, 2021| 02:28 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।