सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि निषेध आदेश खुकुलो : निजी गाडीमा जोर-बिजोर, पसल बार अनुसार खुल्ने

आजदेखि निषेध आदेश खुकुलो : निजी गाडीमा जोर-बिजोर, पसल बार अनुसार खुल्ने

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको छलफलले आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

यस्तै निषेध आदेशलाई खुकुलो बनाउँदै बारका आधारमा व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको थियो। आज मंगलबार उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ। यी पसल आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। 

यस्तै सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल खोल्न पाइने छ। खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी नियमित बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ। वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन। फुटपाथको व्यापार पनि रोक लगाइएको छ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने सीडीओहरूले निर्णय गरेका छन्।

प्रकाशित: Jun 22, 2021| 01:24 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।