सोमबार, भदौ ८, २०८३

खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेध आदेशको समयलाई पुनः बढाएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

बनेपा- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेध आदेशको समयलाई पुनः बढाएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो। कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो। 

निषेध आदेशको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ। यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ। 

यसअघि आलोपालो माध्यममा सेवा प्रवाह गर्दै आएका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्ने र बीमा समिति, बीमा कम्पनी, रेमिट र गैरसरकारी संस्थाहरूले भिडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर न्यूनतम जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

विकास निर्माणजन्य सामग्रीका पसल(हार्डवेयर, बिजुली, स्यानिटरी, सिमेन्ट र छड) बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहार वस्तु, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ। सुन पसल, भाँडा पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स पसल र इलेक्ट्रोनिक पसलहरू आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै निजी सवारी साधन (कार, जीप, भ्यान) बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जना तथा मोटरसाइकल, स्कुटर जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन्। सो समयावधिमा सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल बीउबिजन, पुश चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्वाधरूपमा सञ्चालन गर्न पाउने भएका छन्।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, बालुवा गिटीलगायतका सामग्री जिल्लाबाहिर ढुवानी गर्ने सवारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्रको हकमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म तथा जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ।

जिल्लामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ३७ थपिएसँगै जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस

प्रकाशित: Jun 22, 2021| 01:05 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।