सोमबार, भदौ ८, २०८३

कैलालीमा असार १५ सम्मलाई निषेध आदेश थप

कैलीलीमा ४५ दिनदेखि जारी निषेध आदेशलाई खुकुलो बनाउँदै फेरि निरन्तरता दिइएको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

धनगढी- कैलीलीमा ४५ दिनदेखि जारी निषेध आदेशलाई खुकुलो बनाउँदै फेरि निरन्तरता दिइएको छ।

जिल्लामा कोभिड–१९ दैनिक संक्रमण र मृत्युदर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरेको थियो। पछिल्लो समय थपेको निषेध आदेश सोमबार सकिँदैछ। 

प्रशासनले मंगलबारदेखि लागू हुने गरी फेरि निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रशासनले थपेको निषेध आदेश यो छैठाैं पटक हो।  

१५ गतेसम्म लागू हुनेगरी प्रशासनले जारी गरेको निषेध आदेशमा मंगलबारदेखि खाद्य सामाग्री, निर्माण, हार्डवेयर, ईलेक्ट्रोनिक, भाडा वर्तन, पुस्तक, कपडा, जुत्ता, कस्मेटिक, भान्साजन्य, पूजा सामाग्री, खेलकुद सामाग्री, टेलरिङ पसलहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। सोमबारसम्म यी पसलहरु बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो। 

अहिलेसम्म सञ्चालनमा रोक लगाइएका निजी सवारी (कार, जिप) जोर–बिजोर प्रणालीमा चालकसहित बढीमा ४ जना राखेर र ट्याक्सी तथा अटोमा चालकसहित बढीमा ३ जना राखेर चलाउन पाइने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी गरेको निषेध आदेशमा भनिएको छ। 
मोटरसाइकल र स्कुटीसमेत जोर–बिजोर अनुसार चलाउन पाइनेछ निषेध आदेशमा भनिएको छ, ‘जिल्ला बाहिर जानुपर्ने भए अनुमति लिनुपर्नेछ।’

अघिल्लो आदेश जस्तै होटेल, रेष्टुरेन्ट, खाजा तथा चिया पसल पूर्णरुपले बन्द गर्न भनिएको छ। तर, स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होम डेलिभरी तथा टेक अवे सेवा भने दिन पाइने छ।
शिक्षण संस्थाबाहेक सरकारी तथा सार्वजनिक कार्यालय आलोपालो न्यूनतम संख्यामा कर्मचारी राखेर सेवा प्रवाह गर्न पाइने छ। 

मानिसहरुको भिडभाड हुने सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स, दोहोरी, नाचघर, स्वीमिङ्ग, पार्क, सैलुन, ब्यूटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय सञ्चालनमा रोक लगाएको छ।

प्रकाशित: Jun 21, 2021| 15:38 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।